Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
शिक्षा तथा संस्कृति मन्त्रालय

शिक्षा तालीम केन्द्र , बारा

बारा, नेपाल

मधेश प्रदेश सरकार

शिक्षा तथा संस्कृति मन्त्रालय

शिक्षा तालीम केन्द्र , बारा

बारा, नेपाल

हाम्रो बारे 2078-09-06

शिक्षा तालिम केन्द्र, बारा

शिक्षकलाई तालिम प्रदान गरी दक्ष बनाउनु पर्छ भन्ने मान्यता औपचारीक शिक्षाको शुरुवातसंगै भएको हो । नेपालमा वि.स. २००४ सालमा आधार शिक्षक तालिम केन्द्रको स्थापना, वि.सं. २०११ सालमा राष्ट्रिय शिक्षक तालिम केन्द्रको स्थापना तथा वि.सं. २०१४ सालमा शिक्षक तालिमका लागि शिक्षा महा विद्यालयको स्थापना भएको थियो । वि.सं. २०१६ सालमा यसलाई त्रिभुवन विश्व विद्यालय  (त्रिवि) को एक अङगको रुपमा समावेश गरी शिक्षक तालिमलाई निरन्तरता  दिइयो । राष्ट्रिय शिक्षा आयोग (२०४९) ले सिफारिस गरे अनुसार शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिको सेवाकालीन तालिम मार्फत पेसागत कार्यदक्षता विकासका लागि राष्ट्रिय स्तरमा उच्च तहको एकीकृत संस्थाको आवश्यकता महसुस गरी वि.सं. २०५० साल श्रावण १ गते तत्कालिन शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना भयो । शैक्षिक जनशक्ति विकास केन्द्र अन्तर्गत वि.सं. २०५३ सालमा  प्राथमिक  शिक्षकहरुलाई तालिम दिने उदेश्यले देशभर ९ वटा  प्राथमिक शिक्षक तालिम केन्द्रको स्थापना भयो ।  यसरी प्राथमिक शिक्षकहरुलाई  तालिम  दिदै आइरहेको प्राथमिक शिक्षक तालिम केन्द्रलाई वि.सं. २०६१ सालमा नाम परिवर्तन गरी शैक्षिक तालिम केन्द्र क बनाइयो भने विसं २०६१ सालमै साविकमा रहेका माध्यमिक शिक्षा विकास एकाइ (सेडु) हरुलाई शैक्षिक जनशक्ति विकास केन्द्र मातहत रहने गरी २० वटा शैक्षिक तालिम केन्द्र  ख पुर्नस्थापित गरिियो ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक जनशक्ति विकास केन्द्र, सानोठिमी अन्तर्गत रहेका २९ वटा शैक्षिक तालिम केन्द्र मार्फत शिक्षा क्षाेत्रको मानव संसाधनलाई  तालिम प्रदान गर्दै आएकोमा आ.व. २०७५/७६ मा संघीय संरचना तीन तहमा कार्यान्वयन गर्ने क्रममा २९ शैक्षिक तालिम केन्द्र मध्ये २२ शैक्षिक तालिम केन्द्र  खारेज गरि बाँकी ७ शैक्षिक तालिम केन्द्रहरुलाई प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरि सातै प्रदेशमा प्रदेश स्तरीय शिक्षा तालिम केन्द्रको रुपमा स्थापित गरियो । यसरी सात प्रदेश मध्ये प्रदेशमा कायम भएको प्रदेश स्तरीय शिक्षा तालिम केन्द्र, बारा एक हो ।

शिक्षकको पेसागत दक्षता विकास गर्ने हेतु शिक्षक शिक्षा परियोजना (TEP)  र माध्यमिक शिक्षा सहयोग कार्यक्रम (SESP) ले वि.सं. २०६६ सालभित्र स्वीकृत दरवन्दीमा कार्यरत शिक्षकहरुलाई (९८.२५%) प्रमाणीकरण तालिम दिने अभियान पूरा गरेपश्चात शिक्षकको निरन्तर पेसागत विकासको लागि विद्यालय क्षेत्र सुधार योजना (School Sector Reform Plan) ले शिक्षकको पेसागत विकास (TPD) को अवधारणालाई अगाडि सार्यो । विद्यालय क्षेत्र विकास कार्यक्रम (SSDP) ले पनि स्वरुप परिवर्तन गरि नयाँ ढाँचाको (१०+५) दिने शिक्षक पेसागत विकास तालिमलाई निरन्तरता दिएको छ । प्रत्येक विद्यालयका प्र.अ. लाई यस अघिको ३० कार्य दिन बराबरको विद्यालय व्यवस्थापनका लागि प्र.अ. तालिमलाई आमूल रुपमा परिवर्तन गरि (१०+५) दिने प्रधानाध्यापकको नेतृत्व क्षमता विकास तालिम सुरुवात भएको छ । यो नयाँ ढाँचाको (१०+५) दिने सम्पूर्ण तालिम शिक्षकले वर्षको एक पटकका दरले २ पटकमा ३० कार्य दिने पुरा गर्नुपर्ने बनाइएको छ ।

यस प्रदेशमा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी जम्मा ८ जिल्लाहरु रहेका छन । संघ तथा प्रदेशको स्वीकृत कार्यक्रम बमोजिम मधेश प्रदेशमा तालिम सञ्चालन गर्नु यस केन्द्रको मुख्य जिम्मेवारी हो । यहि जिम्मेवारी स्वरुप केन्द्रले ८ वटै जिल्लाहरुमा तालिम सञ्चालन गरि तालिमको अनुगमन तथा Technical Support गर्ने कार्य गरेको छ । नयाँ ढाँचाका ECD, TPD, EGRP-TPD र HT तालिम कार्यक्रमहरुमा स्थलगत प्राविधिक सहायता प्रदान गर्ने, स्रोत सामग्रीहरु बिकास तथा बितरण गर्ने, तालिम सुधारका लागि कार्यमूलक अनुसन्धान गर्ने कार्य गरिएको छ भने तालिमका गतिबिधि सहित बुलेटिन प्रकाशन गर्ने, समसामयिक बिषयवस्तुमा तालिम सञ्चालन गर्ने, लगायतका कार्यहरु यस केन्द्रले गर्दै आएको छ ।

केन्द्रबाट सञ्चालन हुने पेसागत बिकास तालिमका लागि प्रदेशस्तरीय शिक्षा तालिम केन्द्र जिम्मेवार निकायका रुपमा रहदै तालिम केन्द्र नभएका जिल्लामा साविकको अगुवा स्रोत केन्द्र (LRC) मा समेत तालिम सञ्चालन गर्ने व्यवस्था मिलाएको छ ।

 

महेन्द्र महतो

तालिम प्रमुख

शिक्षा तालिम केन्द्र

बारा

 

 


सहायक पेज


पछिल्लो अपडेट गरिएको : 2081-01-12 19:34:37
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers